काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी...

पुरा पढ्नुहाेस्

आइडिएफले सार्वजनिक गर्‍यो नेपाली बन्धकलाई हमासले घाइते अवस्थामा अस्पताल लगेको भिडिओ

4.52K
shares
khanepani bord

काठमाडौ । काठमाडौ इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।

आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ।

भिडिओमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ।

आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ।

उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ।

द न्यु योर्क टाइम्सले उक्त दृश्य गजाको अल सिफा अस्पतालको रहेको पुष्टि गरेको छ।

गजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

हमासले त्यसदिन इसराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए। बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इसराइलले नेपाल सरकारलाई जानकारी दिइसकेको छ।

आइतबार रातिमात्रै आइडिएफले पनि विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ।

आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगिएको नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भिडिओमा देखिएको दृश्यबारे बुझ्ने प्रक्रियामा रहेको बताइन्।

अहिलेसम्म विपिन जोशीको अवस्था केहो भन्नेबारे कुनै भेउसमेत नपाएको अवस्थामा उक्त भिडिओले केही आशा जगाएको उनले बताइन्।

‘अब हामी सत्यतथ्य खोज्छौं, भिडिओमा देखिएका नेपाली नै हुन् कि होइनन् भन्ने खुलेपछि बाँकी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भनिन्।

IME
khanepani