काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईँको मंसिर ७ को प्रदर्शनमा राप्रपा सहभागी हुनुपर्ने संस्थापक नेता लोहनीको प्रस्ताव

4.52K
shares
khanepani bord

काठमाडौं । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले मंसिर ७ गते दुर्गा प्रसाईँको नेतृत्वमा हुन लागेको जनप्रदर्शनमा पार्टीको नैतिक समर्थन र सहयोग हुनुपर्ने बताएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईँको आन्दोलनसँग राप्रपाको सम्बन्ध नरहेको र त्यसमा आफूहरू सहभागी नहुने भनेर झापामा केन्द्रित रहेका बेला वरिष्ठ नेता लोहनीले यस्तो धारणा राखेका हुन् ।

लोहनीले सोमवार ४ बुँदे वक्तव्य जारी गर्दै राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्- अतः मंसिर ७,२०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ । यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ ।

लोहनीको वक्तव्य यस्तो छ

१. राप्रपा नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो ।

२. राप्रपाको एकता महाधिवेशनले राष्ट्रियता, स्वतन्त्रता र देशको सार्वभौमिकताको पहरेदारको रूपमा अगाडि बढ्न र यसको लागि निरन्तरता सहितको गतिशीलताको सिद्धान्तलाई आत्मसात् गर्न हामीलाई निर्देश गरेको छ ।

३. एकता महाधिवेशनमा पारित राप्रपाको आर्थिक र राजनीतिक दस्ताबेज का केहि मूल तत्त्व छन् । ती हुन् (१) संविधान भित्रको राज संस्था स्थापित गर्ने (२) सर्व धर्म समभाव सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्ने (३) तल्लो तहको सरकारलाई संविधान बाट बढी भन्दा बढी अधिकारको हस्तान्तरण गर्ने (४) राज्य शक्ति को दुरुपयोग र भ्रष्ट्राचार विरुद्ध कसैप्रति मुलाहिजा नराखी कठोर प्रहार गर्ने (५) साना किसान, साना उद्योग व्यवसायी र मजदुर मैत्री आर्थिक नीति र संरचना लागु गर्ने (६) देश भित्र गरी खाने वर्गलाई नयाँ उन्नतिको मौका र उत्साह प्रदान गर्ने (७) माथि उल्लेखित दृष्टिकोण कायम गर्न संविधान मा आवश्यक संशोधन गर्ने

४. राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जन अभियान/जन प्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ । अत: मङ्सिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । यही अनुरोध राप्रापाका सबै साथीहरू तथा आम जनसमुदायमा राख्दछु ।

IME
khanepani