
काठमाडौं । नेपाल-कोरिया कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल-कोरियाको कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठको अवसरमा दक्षिण कोरियाको सहकार्यमा राष्ट्रिय सभाको सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा भएको हो।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य बिना मगर सहभागी थिए ।
यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल तथा दक्षिण कोरियाको तर्फबाट दक्षिण कोरियाका राष्ट्रिय सभा सदस्य तथा संस्कृति, खेलकुद तथा पर्यटन संसदीय समितिको सभापति ली सँग–हेन, अन्तर्राष्ट्रिय मामिला÷सम्झौता सेवा विभागका निर्देशक कांग सु योग नेपालका लागि दक्षिण कोरियाका पूर्वराजदुत पार्क जोंग सेओक, कोइका एशिया प्रशान्त क्षेत्र निर्देशक जो हान ग्याल, राष्ट्रिय सभाको सदस्य हांग की वोन, किम होङ गल, ई गे वोन, ई योङ वु, साथै दक्षिण कोरियाको राष्ट्रिय गौरवको कार्यक्रम बुसान एक्सपो २०३० उपप्रमुखको लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा दक्षिण कोरियामा अन्य विदेशी नागरिकलाई उपलब्ध हुने योगदानमा आधारित सञ्चय कोष नेपाली नागरिकहरूलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानूनी अवरोध र सोको निवारणको विषयमा छलफल भएको छ।
दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरियातर्फ रहेका कानूनी अवरोध र सोको निवारणका लागि दक्षिण कोरियाका सम्बन्धित पदाधिकारीसँग नेपाली प्रतिनिधि मण्डलले छलफल समेत गरेको थिए।
दोस्रो चरणको नेपाल–कोरिया कूटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि नेपाली प्रतिनिधि मण्डलले पेन्सन प्रणाली, नेपाल फर्किएपछि पुनः एकीकरणका चुनौती, अप्रयुक्त व्यापार र आर्थिक सम्भाव्यता, जडान र उडान लागत, कूटनीतिक सम्बन्ध र आप्रवासी र अल्पसंख्यक अधिकारको विषयमा दक्षिण कोरियाको ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस्