काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालकसहित दुईजनाको मृत्यु

3.95K
shares
khanepani bord

रूपन्देही । रूपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटासहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा रहेका देवकोटासँगै रहेकी तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

शंकरनगरबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका उनीहरूलाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको र दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

लु. ४९ प २२३० नम्बरको मोटरसाइकलमा उनीहरू तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदा ना. ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट लडेका दुवैजनालाई स्थानीयले क्रिमसन अस्पताल लगेका थिए । दुवै शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकारसमेत थिए ।

IME
khanepani