काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

टिकटक बन्दको विरोधमा माइतीघरमा युवाहरूको प्रदर्शन

3.74K
shares
khanepani bord

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेका छन् ।

जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरुले टिकटक प्रतिबन्धविरुद्ध काठमााडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले सरकार हिजो बन्दुकसँग नडराउने आज टिकटकसँग, टिकटक बन्द हैन भ्रष्टाचार बन्द गर, गरिखाने मर्दैछ सरकार, टिकटक हैन जाजरकोटलाई ध्यान दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले टिकटक बन्द नभई सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले टिकटक बन्द गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढि रिट दर्ता भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन् ।

IME
khanepani