काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

नेपालमा पहिलो पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया सफल

6.32K
shares
khanepani bord

काठमाडौं । नेपालमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्याङ्जा निवासी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ती बालिकाको शल्यक्रिया डा. रविन्द्रभक्त तिमलाको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरिएको थियो ।

डा. तिमलाको अनुसार २६ असोजमा ९ घन्टा लगाएर शल्यक्रिया गरिएको बालिकालाई २३ दिन आइसियूमा राखेर उपचार गरिएको थियो । अहिले वार्डमा सारिएको बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य भएको छ । ती बालिकामा जन्मजात मुटु रोगका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो ।

चिकित्सकीय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनिरी स्टेनोसीसको समस्या थियो । यस्तो समस्या भएको मानिसमा शरीरको अक्सिजनको मात्रा एकदमै कम हुन्छ ।

यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूल धमनी दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिएको थियो । साथै मुटुको तत्लो भागको दुई कोठाबीचमा ठूलो प्वाल परेको थियो ।

‘शल्यक्रियामा मुटुको मूल धमनी दाँया भागबाट छुट्याइ देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दाँया भागबाट प्रतिस्थापित गर्यौ’ डा. तिमलाले भने, ‘मुटुको तत्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्रीकुलर सेप्टल डिफेक्ट पनि टाल्यौं ।’

उक्त शल्यक्रिया गर्नका लागि मुटु झण्डै ४ घन्टा बन्द गर्नुपरेको र पूरा शल्यक्रिया गर्नका ९ घन्टा लागेको थियो । उनका अनुसार यस प्रकारको समस्या बच्चा जन्मदाँ नै बनावटमा आएको समस्याका कारणले हुनेहुन्छ ।

ती बालिकाको डा.रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा. मारिषा अर्याल, डा सुजन बोहरा र एनेस्थेसियामा डा. स्मृति महाजुलगायतको टोली सहभागि थिए ।

जन्मजात रुपमा मुटु रोगबाट ती बालिकाको विगत ३ वर्षदेखि नै गंगालाल अस्पतालमा स्वास्थ्य परीक्षण भएर रोग पत्ता लागेको थियो । तर, त्यतिबेला परिवारले नमानेको र चिकित्सकले समेत आँट नगरेकाले शल्यक्रिया हुन सकेको थियो ।

‘यस्ता केसहरु नेपालमा थुप्रै छन् । समयमै रोग पहिचान नहुँदा कतिपयको मृत्यु भएको होला । ठूलो र जटिल शल्यक्रिया हुने भएकाले परिवार रोगले ग्रसित नभएसम्म शल्यक्रिया गर्न तयार हुँदैनन्,’ डा. तिमलाले भने ।

उनका अनुसार बालिकामा देखिएको समस्यामा भने देब्रे भागमा रहेको धमनीले फोक्सोमा र दाहिने भागमा रहेकोले शरीरभरी रगत प्रवाह गर्न खोज्छ । जुन प्राकृतिक रुपमा हुने प्रक्रिया भन्दा विपरीत हो । यस्ता समस्या भएका बिरामीहरुहरु नली उल्टो जोडिएका कारण यस्तो समस्या आउने गर्छ ।

त्यस्तै, रगत फोक्सोमा जाने बाटो साँगुरो समेत हुने गर्छ । जसको कारण बिरामीले राम्रोसँग सास फेर्न नसक्ने, सास फेर्न नसक्दा अक्सिजनको कमी हुने तथा मुटु नै फेल गराउने अवस्था आउन सक्छ ।

यसभन्दा अगाडी डा. तिमला कै नेतृत्वले केन्द्रमा नेपाल मै पहिलो पटक मुटु को जटिल शल्यक्रिया आर्टेरियल स्विच, कोनो रष्टन एओर्टा भेन्ट्र्रिकुलोप्लास्टी, पल्मोनरी थ्रोम्बोएन्डारटेरेक्टोमी, टोटल आर्च रिप्लेसमेन्ट लगायतका शल्यक्रिया सफलताका पूर्वक सम्पन्न भएको थियो ।

IME
khanepani