काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

किन हल्ला गरेको भन्दै आएका युवाको हत्या अभियोगमा तीनजना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

4.84K
shares
khanepani bord

काठमाडौं। हत्या आरोपमा काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोलका तीन युवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

गत कात्तिक ६ गते स्थानीय राजु नापितको मृत्यु भएपछि प्रहरीले ३१ वर्षीय कबिन महर्जन र २३ वर्षीय अनिष डंगोललाई पक्राउ गरेको छ। सोही टोलका २१ वर्षीय निश्चल महर्जन फरार छन्।

प्रहरीका अनुसार कात्तिक ६ गते साँझ मदिरा सेवन गरेर बाटोमा हिँडिरहेका तीन युवाहरुले नापितलाई मुक्का प्रहार गरेका थिए।

किन होहल्ला गरेको भन्ने विषयमा सम्झाउन आउदा उनीहरुले नापितलाई मुक्का प्रहार गरेको उनकी श्रीमती एलिसा रन्जितकारले बताएकी छन्।

उनका अनुसार साँझ पौने ८ बजे श्रीमानलाई कुटपिट गरिरहेको देखेपछि स्थानीयले छुट्याएका थिए। त्यसपछि आरोपीहरु भागेको उनले जाहेरीमा उल्लेख गरेकी छन्। जाहेरीअनुसार आँखामा समस्या पर्यो भनेपछि नापितलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

अस्पतालबाट घर फर्किएको केहि बेरमा छाती दुख्यो भनेपछि तत्कालै फेरि अस्पताल लगिएको र आईसीयूमा राखेर उपचार गर्नेक्रममा राती १ बजे मृत्यु भएको जाहेरीमा उल्लेख छ।

प्रतिवादीहरुले आफ्नो बयानमा बाटोमा बसिरहेका बेला नापितले आएर किन होहल्ला गरेको भन्दै आफूलाई डिस्टर्भ भयो बनेको र अपशब्दसमेत प्रयोग गरेको उल्लेख गरेका छन्। विवादका क्रममा दुवै पक्षले एक अर्कालाई मुक्का हानेको उनीहरुको दावी छ।

झगडा साम्य भएपछि दुवै पक्ष आ(आफ्नो घरतिर लागेको उनीहरुले बयानमा उल्लेख गरेका छन्। प्रतिवादीविरुद्ध जन्मकैद सजाय माग गरिएको छ।

IME
khanepani