काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

केन्द्रबाट हस्तक्षेप भए सरकार छाड्ने लुम्बिनी कांग्रेस सभापति अमर पुनको चेतावनी

4.62K
shares
khanepani bord

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले प्रदेशमा मन्त्री थप्नेबारे केन्द्रबाट हस्तक्षेप नस्वीकार्ने बताएका छन् । उनले सहमतिका नाममा दबाब बढाए सरकारबाट बाहिरिने चेतावनी दिए ।

आइतबार र सोमबार माओवादी नेताहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको बैठक निष्कर्षविना टुंगिएको थियो । पुनले मंगलबार दाङमा पार्टी कार्यकर्तालाई सरकारबाट बाहिरिन सक्नेसम्मको कुरा सुनाएका हुन् ।

माओवादी उपमहासचिव वर्षमान पुनले यहाँ सहमति नभए केन्द्रबाट प्रयास गर्ने संकेत गरेपछि सभापति पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सभापति पुनले प्रदेश सरकार गठनमा कुनै पनि मन्त्रालय नबढाउने गरी पूर्णता दिने कांग्रेस प्रदेश समितिको बटमलाइन भएको विषय राखेपछि माओवादी उपमहासचिव पुनले केन्द्रस्तरबाट मिल्छ भन्ने कुरा राखेका थिए ।

IME
khanepani