काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

केपी ओली कप क्रिकेट प्रतियोगिताका उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने

4.72K
shares
khanepani bord

पोखरा । पोखरामा बिहिवारबाट सुरु हुने केपी ओली कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलेले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सबै पूरा भएको जनाएको हो ।

प्रतियोगिताको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा ७७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

IME
khanepani