काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छः सांसद शर्मा (भिडियो सहित)

5.24K
shares
khanepani bord

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा। सुनिल शर्माले राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाए ।

मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताए । उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बताए । उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरुले गरेको आरोप लगाए ।

उनले भने, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरु छन् । अहिले आधुनकि राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरुले जसले राज्य संयन्त्रको दोहन गरेका छन् । उनीहरु दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाइएको छैन । सामान्य मानिसले रोटी पकाउन र चिया खान प्रयोग गर्ने चिनी अहिलेका प्रधानमन्त्रीका परिवारले म्यानुपुलेशन गरेर त्यसलाई रातारात कालोबजारीमा कन्भर्ट गरेर करोडौँ रुपैयाँको चलखेल भयो । नेपाल डिपो भन्ने ग्यास प्रधानमन्त्रीको भान्जाले किन्नुभएको छ र ग्यासमा ४२५ रुपैयाँ बढाइएको थियो, केही हल्ला भएपछि घटाइयो । त्यसमा ६ अर्ब पैसा जनताको पकेटबाट लुट्ने काम गरियो । डेमोक्रेसीको विकल्प छैन । संसारको उच्चतम राम्रो व्यवस्था डेमोक्रेसी हो । अहिले नियन्त्रित डेमोक्रेसीको रुपमा लगिएको छ ।’

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।

IME
khanepani