काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनोट खेल सुरु हुनु अघि दुई देशका समर्थकबीच मैदानमा नै झडप

4.72K
shares
khanepani bord

काठमाडौं । अर्जेन्टिना र ब्राजिलबीच २०२६ को विश्वकप छनोट खेल सुरु हुनु अघि दुई देशका समर्थकबीच मैदानमा नै झडप भएको छ । जसका कारण खेल केही समय अवरुद्ध भएको छ ।

रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा बिहान सवा ६ बजे खेल सुरु हुनुपर्ने भए पनि झडपका कारण खेल आधा घण्टा अवरुद्ध भएको हो ।

दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो । भएको थियो।

माहौल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहितड्रेसिङ रुममा गएका थिए।

अहिले खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिमा कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् ।

जारी छनोटमा अर्जेन्टिनाले ५ खेलबाट १२ अंक जोडेको छ । भने ब्राजिलको ७ अंक छ ।

IME
khanepani