काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

मुख खोल्नै हुन्न, चुप्प लागेर बस, घर भित्र पस !

4.19K
shares
khanepani bord

तिमी भन्छौ ‘सामन्ती राजा’ फर्काउनु पर्छ
अपराध र अराजकताका पुराना र नयाँ डनहरूले,
पराइको निर्देशनमा क्वाप्प निलेको हिन्दु राष्ट्र,
फर्काउनका लागि आन्दोलन चर्काउनु पर्छ

तर म भन्छु, विनम्र भएर भन्छु, सोंचेर भन्छु
जङ्गली राक्षसहरूको रजाइँ अझै चल्न दिनुपर्छ
यिनका पछि लाग्ने र काँध थाप्ने स्यालहरूलाई,
यिनैले बालेको आगोमा आत्मदाह गर्दै जल्न दिनु पर्छ !

पुगेकै छैन, छोएकै छैन यी जिउँदा लासहरूलाई
आफ्नै घरमा दन्दनि सल्केको आगोले,
अझै डढ्न देऊ आगोको ज्वालामा परी,
शती जान देऊ राक्षसहरूको, मर्न देऊ उनीहरूलाई !

खरानीका लागि घर जलाउनेहरूको देशमा
आफ्नै आमा बलात्कार गर्नेहरूको देशमा
म सहानुभूति राखेर कसरी हेरूँ कान्छा ?
हजार राजा छँदैछन, एउटा राजा ल्याऊँ कसले भन्छ ??

त्यसैले कर्फ्यु लाग्न देऊ, मसान घाट बन्न देऊ,
मुख खोल्नै हुन्न, चुप्प लागेर बस, घर भित्र पस !

IME
khanepani