काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरमा १०० मिटर टाढासम्म पानी फाल्ने क्षमताका २ वटा दमकल थपिए

5.04K
shares
khanepani bord

काठमाडौं । ललितपुर महानगरपालिकामा अत्याधुनिक दुई वटा दमकल थपिएका छन् ।

ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
जापानिज कम्पनी इसुजुको दमकल ५ करोड ६५ लाख लागतमा भित्र्याएको महानगरले जानकारी दिएको छ ।

महानगरपालिकाले पहिलोपटक फर्म सहित दमकल भित्र्याएको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले जानकारी दिए ।

‘पेट्रोल पम्प, केमिकल भएको ठाउँमा पानीले आगो निभाउन सकिँदैन, यसका लागि फर्म भएको दमकल थिएन,’ हाछेथूले भने ।

उनका अनुसार यी दमकलहरुमा अत्याधुनिक प्रविधिहरु जडान भएका छन् ।

‘धुवाँमा पनि देखिने लाइट जडान भएको छ, अरु दमकल भन्दा छोटो भएकोले साँघुरो स्थानमा पनि जान सक्छ, यो फोर ह्विलवाला दमकल हो, यसले हिलो, उकालो बाटोमा पनि सजिलै काम गर्छ,’ उनले भने ।

योसँगै ललितपुरमा ५ वटा दमकल पुगेको छ । २ हजार ५ सय लिटर पानी ट्यांकर र ३ सय बढी लिटर फर्मको स्टोर क्षमता दमकलमा रहेको छ ।

हाछेथुका अनुसार आगलागी भएको ठाउँ नजिकै पोखरी वा इनार भए, त्यहाँको पानी सक्सन गरेर आगो निभाउने प्रयोग गर्न सक्ने दमकल आएको हो ।

दमकल बुधबार ललितपुर महानगरपालिकाले औपचारिक रुपमा कार्यक्रम गरेर सञ्चालनमा ल्याएको छ ।

IME
khanepani