प्रधानमन्त्री प्रचण्डको सन्तान मोहले राज्य संचालनमा बाधा, सरकारी गाडि बेपत्ता
वि.सं.२०८० मंसिर ६ बुधवार १४:५६
shares

काठमाडौं । खानेपानी र ढलको समुचित व्यवस्थापनको जिम्मेवारी लिएर बसेको खानेपानी मन्त्रालय यतिखेर बेखवर भएको छ । प्रधानमन्त्री कार्यालयलाई यो चौमासिकमा मन्त्रालय वा अन्तरगतको कामको प्रगति विवरण समेत दिन नसक्ने अवस्थामा खानेपानी मन्त्रालय पुगेको खानेपानी मन्त्रालय स्रोतको दावी छ ।
जनताका प्रत्यक्ष सरोकारका विषय जोडिएको खानेपानी मन्त्रालय यतिखेर कछुवाको गतिमा बामे सर्दै छ । जनताका समस्याहरुका चाङ टेवलमा राखेर खानेपानी मन्त्री महेन्द्र राय यादव तीनदिनदेखि मन्त्रालयमा बेखवर छन । उनी पार्टीलाई माओवादीमा विलय गराउने खेलमा लागेका कारण मन्त्रालयको काममा ध्यान दिन नसकेको मन्त्री निकट स्रोतको दावी छ ।
गत बर्ष मंसिर १० गते मेलम्चीको पानी काठमाडौंका जनताले पिउन पाएका थिए तर, यस बर्ष मेलम्चीको पानी काठमाडौ ल्याउने कुरामा मेलम्ची विकास समिति, खानेपानी मन्त्रालय मात्र हैन, प्रधानमन्त्री स्वयंम पनि बेखर देखिएका छन । मेलम्चीको पानी काठमाडौंका जनताले पिउने पानी हो । यहि काठमाडौं उपत्यकामा नेपालको राजधानी काठमाडौं छ । यहि राजधानीमा प्रधामन्त्री पुष्पकमल दाहालको कार्यालय र सरकारी निवास पनि छ । तर, काठमाडौंमा मेलम्चीको पानी ल्याएर खुवाउने विषमा प्रधानमन्त्री कागको कुइरो जस्तै भएका छन ।
मन्त्रालयका अधिकारीहरु पनि मन्त्री र सचिवको कार्यशैलिदेखि दिक्दारी व्यक्त गरिरहेका हुन्छन । मन्त्रीका स्वकीय सचिवायलका अधिकृतहरु गाडि र साडिमा बढी व्यस्त देखिएका छन ।
मन्त्रीका स्वकिय अधिकृतले दशैदेखि एउटा सरकारी गाडि बेपत्ता बनाएका छन । उक्त गाडि तराईतिर लगिएको र उतै गाडि गायव भएको छ । यस विषयमा मन्त्री यादव र खानेपानी सचिव रामआधार साह बेखवर जस्तै देखिएका छन । मन्त्री यादवले आफ्नो सचिवालयका सचिवहरुलाई नियन्त्रण गर्न नसक्दा उनी दैनिक बद्नाम हुर्दै गएका छन । मन्त्रीका सचिवालयका सचिवहरुको कारण मन्त्रीले सचिव लगाएत अन्य कर्मचारीहरुलाई कामकाजि बनाउन नसकेको समाचार स्रोतले दावी गरेको छ ।
खानेपानी मन्त्रीका स्वकीय अधिकृत सत्य यादवले खानेपानी मन्त्रालय वा अन्तरगतका निकायमा गाडि आतंक नै सृजना गरेको बुझिएको छ । उनी गाडि र तेलका लागि कार्यालय प्रमुख, शाखा प्रमुख, डिभिजन प्रमुख र लेखा प्रमुखको समेत चाकडी गरिरहेका हुन्छन ।
प्रधानमन्त्री पुत्रि गंगा दाहालले कर्मचारीहरुको खटनपटन गर्ने गरेका कारण पनि धेरै मन्त्रालयमा मन्त्रीहरु सचिवहरुका अगाडि निरिह जस्तै देखिएका छन ।
























