काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक...

पुरा पढ्नुहाेस्

बाहिरको माहौल देखेर कांग्रेस आत्तिने र बरालिने होइन, सम्हालिने हो: गगन थापा

6.02K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाहिरको माहौल देखेर कांग्रेसका नेता तथा कार्यकर्ताहरू आत्तिने र बरालिने नभई सम्हालिनुपर्ने बताएका छन्।

पार्टीको नवलपरासी क्षेत्र नम्बर २ को सम्मेलन बुधबार उद्घाटन गर्दै महामन्त्री थापाले अब कांग्रेसलाई बदल्ने र बलियो बनाउने बताए।

‘बाहिरको माहौल जे छ, त्यो माहौल देखेर नेपाली कांग्रेसका साथीहरू आत्तिने होइन। बरालिने पनि होइन। हामी सम्हालिनुपर्नेछ,’ महामन्त्री थापाले भने, ‘बदलिएको र बलियो कांग्रेसले बरालिएको अहिलेको अवस्थालाई सम्हाल्ने हो। हामी बलियो बनौं, नबरालिँऔं, समाजभित्रका तमाम कुरा हेरौं, यसबाट सिकौं। सँगसँगै देशलाई सम्हालिएर अघि बढौं।’

बिग्रेका कुराहरूलाई सम्हालेर लैजानुपर्ने उनले बताए।

IME
khanepani