काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

‘दुर्गा प्रसाईँले राजा ल्याउँछु भन्नु र मरेको मान्छे तान्त्रिक लगाएर फर्काउँछु भन्नु उस्तै हो’ : क्षितिज थेवे

5.16K
shares
khanepani bord

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईँले पूर्वराजा ल्याउँछु भन्नु र मरेको मान्छे तान्त्रिक लगाएर फर्काउँछु भन्नु उस्तै भएको टिप्पणी गरेका छन् ।

युवासंघको प्रदर्शन स्थल तीनकुनेमा पत्रकारहरूसँग कुरा गर्दै उनले कानूनी राज्यमा संविधान विपरीत काम गर्नेलाई पक्राउ गर्न नसक्नु सरकारको कमजोरी भएको पनि बताए ।

प्रसाईँतर्फ संकेत गर्दै उनले भने, ‘घाम कहिले पश्चिमबाट झुल्किएको देख्नुभएको छ ? मरेको मान्छे कहिले फर्केर आउँछ ? कुनै मरेको व्यक्तिको खरानीलाई भूतप्रेत लगाएर जिउँदो बनाएर फर्किएको देख्नुभएको छ ? हो अब राजा ल्याउँछु भन्नु पनि उस्तै हो ।’

प्रसाईँको एक कार्यक्रममा पूरानो राष्ट्रिय गान बजाइएको सन्दर्भमा उनले भने, ‘कानूनी राज्य छ भने देशमा सरकार छ भने त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्नुपर्छ ।’

IME
khanepani