काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम

4.81K
shares
khanepani bord

काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

सम्मान गरिएका करदाता कम्पनीहरू :

सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार : डाबर नेपाल प्रालि

विषेश उद्योग : एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली

सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई

बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन : मनोकामना दर्शन प्रालि

वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स : आईएमई लिमिटेड

व्यक्ति आय : विजयकुमार शाह

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)

IME
khanepani