मोरङको उर्लाबारीमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

विराटनगर । तिहारको लक्ष्मी पूजाको राती मोरङको उर्लाबारीमा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

वर्न अस्पतालमा उपचार गराइरहेका कुमार तामाङको आज बिहान मृत्यु भएपछि आगोलागिमा परि मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो । बुधवार राती हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपचारकै क्रममा कार्तिक २९ गते तपन पण्डितको मृत्यु भएको छ ।

हाल सो अस्पतालमा २२ जना घाइतेहरू उपचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसीयू कक्षमा ६ जना उपचाररत छन् ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरी रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो ।

आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

७,मंसिर.२०८०,बिहीबार १०:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्