गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा भएको अमानवीय घटनाबारे तत्काल छानविन समिति बनाउन ध्यानाकर्षण

4.76K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय महिला आयोगले काठमाडौंको नारायणटारस्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा भएको अमानवीय र जघन्य घटनाप्रति तत्काल छानविन समिति बनाउन ध्यानाकर्षण गराएको छ ।

केन्द्रमा रहेका विभिन्न उमेर समूहका अपाङ्गता, बहुअपाङ्गता भएका महिलाहरुमाथि भएको अमानवीय घटनाप्रति आयोगले आपत्ति जनाउँदै तत्काल छानविन समिति बनाइ दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको हो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै दोषीलाई हदैसम्मको कार्वाही र पीडित पक्षलाई औषधी उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्तिसहित न्यायको लागि आयोगले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुमाथि भएको दुर्व्यवहारको बारेमा आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि गत मंगलबार आयोगका पदाधिकारीको नेतृत्वमा आयोगको टोलीले अनुगमनमा गएको थियो ।

अनुगमन गर्दा सो केन्द्रमा रहेका विभिन्न उमेर समूहका अपाङ्गता, बहुअपाङ्गता भएका महिलाहरुको अभिव्यक्ति र स्थलगत अवलोकनबाट उनीहरुमाथि शारीरिक, मानसिक तथा यौनजन्य हिंसा समेत भएको आयोगले विज्ञप्तिमार्फत बताएको छ ।

‘यस्ता अत्यन्त अमानवीय र जघन्य घटनाप्रति आपत्ति प्रकट गर्दै तत्काल छानबिन समिति बनाई दोषीलाई कानूनी दायरामा ल्याई हदैसम्मको कार्वाही र पीडित पक्षलाई औषधी उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्ति सहित न्यायको लागि आयोग सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’विज्ञप्तिमा भनिएको छ ।

खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितताको विषयमा पटकपटक नगरपालिका, प्रहरी वृत, जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी गर्दा पनि नलिएको पीडितहरुले गुनासो गरेका छन् ।

केन्द्रका कर्मचारीहरुले त्यहाँ रहेका अपांगता भएका महिलाहरुमाथि दुर्व्यवहार गर्दै आएको बताइएपनि घटना बाहिर नल्याउन दबाब दिँदै आइरहेको थियो ।

IME
khanepani