काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुको सम्मेलन सुरु

4.85K
shares
khanepani bord

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । विश्वविद्यालयले नेपाल, भारतसहित विश्वका विभिन्न देशका कृषि वैज्ञानिकहरुको सहभागितामा सम्मेलन आयोजना गरेको हो ।

शिक्षा र अनुसन्धान मार्फत कृषिको रुपान्तरण नाम दिइएको सम्मेलनलाई विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले संयोजन गरेको हो ।

विश्वविद्यालय परिसरमा सञ्चालन भएको सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, जापान, स्वीडेन, नेदरल्याण्ड, ताइवान लगायतका देशबाट आदि देशका प्राध्यापक तथा वैज्ञानिकहरु एवं नेपालमा सक्रिय विभिन्न अन्तराष्ट्रिय संघ–सस्थाका वैज्ञानीकहरु सहभागी रहेका सम्मेलन संयोजक डा. ऋषिराम कट्टेलले जानकारी दिए ।

प्रथम ग्य्राजुयट सम्मेलन २०२३ नाम दिइएको उक्त सम्मेलनमा ३ सय जनाभन्दा बढी सहभागी छन् । भने सम्मेलनको विभिन्न सत्रमा संचालन हुने करिब एक सय भन्दा बढी कार्यपत्रको प्रस्तुतीकरण रहने जनाइएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन आज भएको हो । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याल प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा अधिकांश कृषि क्षेत्रका व्यक्तिहरुले राज्यले कृषि शिक्षा र पेशा सुधारमा पर्याप्त लगानी गर्न र योजना बनाउन नसकेको बताएका थिए ।

IME
khanepani