काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

5.38K
shares
khanepani bord

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले आगामी १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति पशुपतिशम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए । त्यस्तै बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

सिफारिस भएका व्यक्तिलाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।

न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

IME
khanepani