काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

जीवित मान्छेलाई मरेको भनि मृत्यु दर्ता गराएर सामाजिक सुरक्षा भत्ता दिने वडा सचिवसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा

4.77K
shares
khanepani bord

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुईजना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वडा सचिव महतोले स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जीवित श्रीमानको मुत्यु भएको भन्दै जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखत तयार गरेर ४५ हजार २२० रुपैयाँ हानिनोक्सानी गरेकोले महतो र खत्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कार्यमा संलग्न मुख्य कसूरदार महतोलाई ४५ हजार २२० रुपैयाँ विगो कायम गरेको आयोगका प्रवक्ता एवम सहसचिव भोला दाहालले जानकारी दिए ।

IME
khanepani