काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

धुलिखेलमा बागमतीस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी- यी विषयमा हुँदैछ छलफल

4.15K
shares
khanepani bord

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी शुरु भएको छ ।

गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ ।

प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले गोष्ठीको शुभारम्भ गर्दै सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकहरुको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न महत्वपूर्ण रहेको बताए । बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्काे देशमा हुन सक्ने अपराध र त्यसको न्यूनिकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्वपूर्ण हुने उनले बताए ।

त्यस्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विश्वबाटै अन्त्य गर्ने अभियान जारी रहेका बेला बामगती प्रदेश प्रहरी कार्यालयले प्रदेश भित्र भएका अपराध अनुसन्धान तथा नागरिकहरुको सुरक्षाका बारेमा समिक्षा गर्ने महत्वपूर्ण गोष्ठीले नागरिक मैत्री सेवामा सहजता आउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा साइबर अपराध, अनुसन्धानका चुनौती, संहिता कानूनको कार्यान्वयन, बागमती प्रदेशका जिल्लाहरुमा भएका अपराध र अनुसन्धानमा भएका प्रगति तथा समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिने बामगती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्तरुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ ।

IME
khanepani