काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

ताप्लेजुङमा एमालेको चियापानमा पहिचानवादीको अवरोध प्रयास, दुई समूहबीच झडप

4.76K
shares
khanepani bord

विराटनगर । नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् ।

एमाले योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङ आएको अवसरमा एमालले चियापान कार्यक्रम आयोजना गरेको थियो । सचिव भट्टराई उपस्थित भएको भन्दै पहिचानवादीहरूले कार्यक्रम अवरोध गर्न पुगेका थिए । कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिचानवादीहरूले घर अगाडि प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच झडप भएपछि प्रहरीले छुट्याएको छ । अहिले अवस्था सामान्य भएको र चियापान कार्यक्रम सुचारु भएको एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोले बताए ।

उनले सामान्यरूपमा नाराजुलुस भएको र अहिले अवस्था सामान्य भएको बताए । सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तीलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्नेलगायतका माग गर्दै आएका छन् । उनीहरूले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।

IME
khanepani