काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालले बंगलादेशमा शिविर सञ्चालन

5.53K
shares
khanepani bord

विराटनगर । विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालले बंगलादेशमा शिविर सञ्चालन गरेको छ । बंगलादेशबाट कूटनीतिक रुपमा आग्रह नेत्र ज्योति संघमार्फत विराटनगर आँखा अस्पतालको टोली शिविर सञ्चालनका लागि बंगलादेश पुगेको हो ।

बंगादेशको लालमोनिया हाटमा अस्पतालबाट गएको टोलीले शिविर सञ्चालन गरिरहेको विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए । बंगलादेशको स्थानीय सरकारसँगको समन्यवमा विभिन्न स्थानमा सर्जिकल शिविर सञ्चालन गर्ने उनले बताए ।

पहिलो चरणमा पाँच जना चिकित्ससहितको टोली शिविरका लागि बंगलादेश पुगेको हो । फागुन-चैतमा अर्को टोली पून जाने तयारी छ । पृथुका अनुसार बंगलादेशको नेपाल स्थीत दुताबास मार्फत नेत्र ज्योति संघमा प्रस्ताव आएपछि आखाँ उपचारका लागि शिविर सञ्चालनको सम्झौता पनि भएको छ ।

‘बंगलादेशमा विराटनगर आँखा अस्पतालको पहिलो क्याम्प हो,’ उनले भने,‘ पहिलो चरणमा एक साताका लागि क्याम्प चलिरहेको छ, फेब्रुअरीमा अर्को टोली आउनेछ ।’

सात दिनको क्याम्पका लागि अस्पताल प्रबंधक कुमार पृथु, अस्पतालका नेत्र विशेषज्ञ डा प्रज्ञ लुइँटेल, आउटरिच कोर्डिनेटर मो. रफिक, सुपरभाइजर दीपेन्द्र चौधरी, विद्यानन्द चौधरीलगायतको टोलीले बंगलादेश पुगेको हो ।

१७ वर्षअघि विराटनगरको रानीमा स्थापना भएको विराटनगर आँखा अस्पतालमा नेपालसँगै भारत तथा तेस्रो मुलुकबाट विरामी उपचारका लागि आँउने गरेका छन् ।

विराटनगर आँखा अस्पतालमा गत वर्ष मात्रै ६ लाख विरामी उपचारका लागि आएका थिए । ती मध्ये करिब चार प्रतिशत आँखाका विरामी बंगलादेशबाट आएको प्रबन्धक पृथुले बताए ।

गत वर्ष ६ लाखको करिब ४२ प्रतिशत विरामी भारतबाट आएका थिए । गतवर्ष ६ लाख बिरामीको आँखा परीक्षण गरेको अस्पतालले ७० हजार जनाको शल्यक्रिया गरेको थियो ।

IME
khanepani