गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

बुक बिल्डिङबाट सर्वोत्तमको सेयर मूल्य ४ सय १ कायम, सर्वसाधारणले ३६० मा पाउने

3.68K
shares
khanepani bord

काठमाडौ । काठमाडौ गत मंसिर ६ गते नेपालमै पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री भएको सर्वोत्तम सिमेन्टको कटअफ प्राइस ४०१ कायम भएको छ।

कम्पनीको सेयरमा ४१ योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएका थिए। कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो।

अब सर्वसाधारणलाई कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा बिक्री गर्नेछ। संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ।

यही कारण सर्वसाधारणले ३ सय ६० रूपैयाँ ९० पैसामा सेयर पाउने भएका हुन्। सर्वसाधारणमा ३६ लाख कित्ता सेयर जारी हुनेछ।

सुरूमा मूल्य निर्धारणको लागि कम्पनीले ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो। त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो।

सो समय गरिएको मूल्य निर्धारणको आधारमा पुनः योग्य संस्थागत लगानीकर्तामा सेयर जारी गरिन्छ। यो पटक भने यस्ता लगानीकर्ताले तोकेको मूल्यमै सेयर लिनुपर्छ।

कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत सेयर यसरी संस्थागत योग्य लगानीकर्तामा बिक्री गरेको हो।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ दिएको छ।

कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। सुरूवातमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने जडान गरिएकोमा हाल हाल कम्पनीबाट वार्षिक करिब एक करोड टन सिमेन्ट उत्पादन भइरहेको छ।

शौरभ समूहको मुख्य लगानीमा रहेको कम्पनीको नवलपरासीमा उद्योग सञ्चालनमा छ। कम्पनीले सर्वोत्तमको नामबाट ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले १३ सय डिलर्स मार्फत् सिमेन्ट बिक्री गरिरहेको छ।

कम्पनीले केही महिना अघि मात्रै आवश्यक पर्ने विद्युत पूर्ण रुपमा पाएको छ। यसले पनि कम्पनीको ऊर्जामा भइरहेको खर्चमा केही कमी आउनेछ।

आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तमको नाफा ४६ करोड ७६ लाखबाट घटेर २० करोड ७५ लाखमा सीमित भएको छ। उत्पादन बिक्रीबाट ७ अर्ब ८८ करोड आम्दानी गरिरहेको कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोडमा सीमित भएको छ।

आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ५ रूपैयाँ १३ पैसा छ। प्रतिसेयर नेटवर्थ १ सय ८५ रूपैयाँ १९ पैसा छ।

IME
khanepani