काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा आज सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?

6.06K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो। एक महिनाको अवधिमा सुनको मूल्यले पुनः रेकर्ड तोडेको हो।

आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो।

अघिल्लो दिन अर्थात् आइतबार तोलामा छ सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको यो मूल्य मूल्य पनि हालसम्मकै उच्च हो।

आइतबार चाँदी प्रतितोला १ हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani