रास्वपा केन्द्रीय र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा, बुधबारसम्म चल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । बैठक तीन दिनसम्म चल्ने पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनका अनुसार बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुनेछ ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत बैठकमा सहभागिता रहने उनले बताए ।

मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिक रूपमा बैठकले महत्तरीमा राखिएको भएकाले महत्त्वपूर्ण सन्देश दिने रास्वपा नेताहरुको बुझाइ छ । रास्वपाका सभापति रवि लामिछाने पनि केही दिनदेखि मधेश प्रदेशमै छन् ।

११,मंसिर.२०८०,सोमबार १५:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्