काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

भूकम्प प्रभावित क्षेत्रका लागि ट्रेकिङ एजेन्सीज नेपाल टानले गर्‍यो आर्थिक सहयोग

3.63K
shares
khanepani bord

काठमाडौं । ट्रेकिङ एजेन्सीज नेपाल टानले भूकम्प प्रभावितका लागि पाँच लाख बढी आर्थिक सहयोग गरेको छ ।

जाजरकोट र रुकुममा भूकम्प प्रभावितहरूका लागि टानले प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रुपैयाँ जम्मा गरेको हो ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

IME
khanepani