काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक...

पुरा पढ्नुहाेस्

अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर, युरो र पाउण्ड कतिमा हुँदैछ किनबेच?

5.38K
shares
khanepani bord

एजेन्सी । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

सोमबार एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ७६ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४१ पैसा तोकिएको छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ र बिक्रीदर १६८ रूपैयाँ ७६ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८८ रूपैयाँ २८ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६४ पैसा तोकिएको छ।

IME
khanepani