काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज फ्लोरिङ कार्पेटमा छुट सुविधा

4.62K
shares
khanepani bord

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिजमा विशेष छुट पाउने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको महादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेटबीच सोमबार विशेष छुट दिने समझदारी भएको हो ।

सम्झौताअनुसार बैंकका कार्डबाहकले हेरिटेज फ्लोरिङ कार्पेटमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ ।

बैंकले हाल देशभर रहेका १८८ शाखा, १४८ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

IME
khanepani