काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

खरिदार वा सोसरहका कर्मचारीको सरुवा फागुन मसान्तसम्मका लागि स्थगित

3.86K
shares
khanepani bord

काठमाडौं । सरकारले राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको सरुवा फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मको लागि स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा)समयको तत्काल अगाडि लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनको लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम देखिएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

त्यसका लागि विभिन्न निकायबाट सरुवा सहमतिसमेत माग भई आउने गरेको भन्दै मन्त्रालयले सरुवा रोकेको छ ।

यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको भन्दै राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको कुनै पनि निकायमा सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य मन्त्रालयले स्थगित गरेको हो ।

मन्त्रालयले निजामती कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी कार्य हुँदै आएको जनाएको छ ।

IME
khanepani