काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै

5.24K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बुधबार पनि बस्दै छ।

बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको छ।

त्यसमा पार्टीका केन्द्रीय सदस्य र सांसदहरूले आफ्नो राय राख्नेछन्।

त्यसपछि नीति, विचारबारे विमर्श हुने बताएको छ।

सोमबारबाट सुरू भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीति तय गर्ने उपसभापति डोलप्रसाद (डिपी)अर्यालले जानकारी दिए।

प्रदेश सभापतिहरूलाई पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। त्यस्तै प्रमुख सचेतक सन्तोष परियारले दलका तर्फबाट प्रतिवेदन पेश गरेका छन्।

त्यसमा सदस्यहरूले धारणा राखेका छन्।

अहिले बिहान ९ बजे पार्टी सभापतिसहितको बैठकले बुधबारको थप कार्यसूची तय गर्ने उपसभापति अर्यालले बताए।

रास्वपाले राजनीतिक दस्तावेजमाथि विमर्श चलाइरहेको छ। महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले दस्तावेजको खाका बनाएको थियो। त्यसमाथि चरणचरणमा छलफल चलाएको रास्वपाले केही समयअघि जनआवाज सुन्न भन्दै पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई जिल्ला खटाएका थियो। तीन दिन बसेर उनीहरूले जनताका सुझाव संकलन गरेर ल्याएका थिए।

लगत्तै रास्वपाले काठमाडौंमा दस्तावेजकेन्द्रित बौद्धिक मन्थन पनि गरेको थियो।

अहिले मधेसमा संयुक्त बैठक राख्नुका पछाडि पनि दस्तावेजमाथिको छलफललाई विस्तारित गर्नु नै रहेको नेताहरूले बताएका छन्।

IME
khanepani