काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड, एकै दिन १६ सय बढेर १ लाख १९ हजार नाघ्यो

4.45K
shares
khanepani bord

काठमाडौं । लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

जहाँ अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । भने, आज उक्त रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि हालसम्मकै उच्च प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

IME
khanepani