लघु चलचित्र प्रतियोगिताका विजेतालाई एनसेलले गर्‍याे पुरस्कारसहित सम्मान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ ।

मंगलबार एनसेल आइकन लैनचौरमा भाइटीका थिममा आयोजित प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरि सम्मान गरिएको हो ।

तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समुहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको हो ।

त्यस्तै, सन्तोष शाक्यको समुहले फस्ट रनरअपका रुपमा ७५ हजार नगद पुरस्कार जित्यो, १६ वर्षिय प्रयत्न थापा र उनको समुहले सेकेन्ड रनरअप हुदै ५० हजार नगद पुरस्कार जित्न सफल भएको थियो ।

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो । प्रकाश नगरी र उनको समुहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो ।

एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्रदान गर्दछ ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘विजयीहरुलाई धेरै धेरै बधाई । दीदी र भाइको विशेष सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागीता जनाउने हरेक व्यक्ति तथा समुहरुहरुलाई धन्यबाद दिन चाहन्छु । यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ । स्टोरीेटेलिङ् एउटा महत्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ ।’

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘एक ब्रान्डको रूपमा स्थानीय प्रतिभालाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो । यसै अन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौं तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौं ।’

१३,मंसिर.२०८०,बुधबार ११:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्