काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

जनकपुरधाम उद्योग वाणिज्य संघले बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग

5.71K
shares
khanepani bord

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको हरेक बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष मनिष रमण साहको नेतृत्वमा व्यापारीहरूले जनकपुरधामका मेयर मनोज साहलाई ज्ञापन पत्र बुझाउने यस्तो माग गरेका हुन् ।

व्यापारीहरू चौतर्फी मारमा परेको बेला चर्को घरभाडा र एडभान्स लिने गरिएकाले वैज्ञानिक रूपमा भाडा निर्धारण गर्नुपर्ने माग राख्दै जनकपुरधामका मेयरलाई ज्ञापन पत्र बुझाएको संघका कार्यवाहक अध्यक्ष साहले जानकारी दिए ।

‘सडक चौडाइ गर्ने कममा भएको व्यवसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुटको कारण लगभग वर्षभरि व्यवसायी चौपट भयो’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैंक व्याज दरले असर परेको हुँदा यस भेगकै सम्पूर्ण व्यवसाय र व्यवसायीलाई ठूलै मारमा पारेको छ ।
व्यवसायिक प्रतिष्ठानका निम्ति एडभान्स बापत बुझाउनु पर्ने मोटो रकम र चर्को घर भाडाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेकाले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको भन्दै संघले बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।

IME
khanepani