वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

नेकपा एसले बोलायो सचिवालय बैठक, महाधिवेशनको तयारीदेखि विवादित अपानिसम्म एजेण्डा

3.67K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । मंसिर १८ गते बिहान ११ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेगरी बोलाइएको हो ।
राष्ट्रिय महाधिवेशनको तयारी, अपानि ११ र राष्ट्रियसभाको निर्वाचनको बिषयमा छलफल गर्नको लागि बैठक बोलाइएको केन्द्रीय कार्यालयका जीवनराम श्रेष्ठले बताए ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरेको छ । अध्यक्ष माधव नेपालले तयारी नपुगेको भन्दै सार्ने मनस्थिति बनाएका छन् । तर, नेता श्रेष्ठले अहिलेसम्म महाविधेशन सार्नेबारे कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुन्छ । अहिलेसम्म सार्नेबारे छलफल भएको छैन । अब बैठकले नै निर्णय गर्छ ।’

यस्तै, पार्टीमा नेताहरुको कार्यविभाजनसहितको अपानी अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरुले चर्को असन्तुष्टि जनाएपछि कार्यान्वयनमा रोक लगाएको छ। नेता खनाल पक्षसहित नेपाल निकट नेताहरुले नै विद्रोहको चेतावनी दिएपछि अपानीमा रोक लगाइएको थियो। त्यसबारेमा पनि छलफल हुने नेता श्रेष्ठले बताए ।

उनले भने, ‘कार्यविभाजनलाई मिलाएर अपानीलाई अगाडि बढाउँने सहमति भइुसकेको छैन । अब त्यो अपानीलाई लिएर पार्टीभित्र विवाद छैन । कुरा मिलिसकेको छ ।’

IME
khanepani