गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ

3.76K
shares
khanepani bord

काठमाडौ । काठमाडौ चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो।

गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ।

१८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

गैंडा सिकार गर्न प्रयोग भएका हतियारहरू पनि बरामद भएका छन्।

अधिकारीहरूले मुख्य योजनाकार हेटौंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीलाई पनि पक्राउ गरेको छ। उनले नै गैंडाको खाग बिक्री वितरण गर्ने गरेको महानिर्देशक ढुंगानाले बताए।

यस्तै सिकारी चितवनका पासाङ भन्ने आइतेसिंह मोक्तान, हेटौंडाका समसेर थिङ, थिङ बाजे भन्ने सिताराम थिङ, अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्‍द्रबहादुर तामाङ छन्।

यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए।

IME
khanepani