गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

नवलपरासी कांग्रेस विवाद उत्कर्षमा- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

4.71K
shares
khanepani bord

रुपन्देही । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसको दुई गुटको विवाद पुनः सतहमा आएको छ । आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गर्ने पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ। विभिन्न माग राखेर असहमति जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको हो ।

एक पक्षले सम्मेलनको तयारी पूरा गरिसकेपछि अर्को पक्षले बहिष्कार गर्ने बताएको छ। नवलपरासीमा जिल्लामा बिक्रम खनालले इतर समूहको नेतृत्व गरेका छन् भने नेता देवेन्द्रराज कंडेलले संस्थापन समूहहको नेतृत्व गरेका छन् ।

दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । केही समय अगाडि प्रतापपुर गाउँपालिकाको सुर्यपुरामा बिपी शालिक अनावरण कार्याक्रममा समेत सस्थापन पक्षले उपस्थिति को थिएन ।

पार्टीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको,केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका ब्यक्तिहरुलाई मात्र मनोनित गरेको लगायतका असहमति रहेको संस्थापन पक्षका नेता मोहन शर्माले जनाएका छन् । विद्यानअनुसार चल्नु पर्छ कि पर्दैन,वडागत तहबाट सम्मेलन भएर आउनुपर्छ भन्ने लगायतका माग राख्यौं, सभापतिजीले सुन्नुभएन, त्यसैले हाम्रा साथीहरु आजको भेलामा उपस्थित हुन्ननू, शर्माले भनेका छन् ।

देवेन्द्रराज कंण्डेल सस्थापन पक्षधरले जिल्लामा रहेको केन्द्रीय सदस्यहरु, प्रदेश सभा सदस्यहरुसहित भातृसंगठनहरुले समेत आपत्ति जनाइरहँदा जबरजस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माको भनाइ छ।

यता इतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले भने पार्टीका हरेक कमिटीहरु स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने जनाएका छन् । ‘केन्द्र, प्रदेशले नगरी जिल्ला आफैले पनि पार्टीको बिधानगत कार्यक्रम गर्न सक्छ, हरेक कुरामा आपत्ति जनाउने कुरामा केही भन्नूछैन’ खनालले भने ।

IME
khanepani