काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा रमेशराज अर्याल नियुक्त

4.64K
shares
khanepani bord

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि) बाट अर्यालले बैंकिङ्ग करियर सुरु गरेका थिए । उनी विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् ।

उनको कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटाशाखा रहित बैंकिङ्ग इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME
khanepani