काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने

3.94K
shares
khanepani bord

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ । सम्भवत आइतबार यसबारे निर्णय हुनेछ ।

IME
khanepani