काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

बाबुराम र विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको छ : माओवादी सचिव शाक्य

5.33K
shares
khanepani bord

दाङ । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले कम्युनिष्टहरु बिचको पार्टी एकता अभियानमा आफ्नो पार्टी अगाडि बढेको बताएका छन् ।

शुक्रबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्वोधन गर्दै उनले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल भइरहेको जानकारी गराए ।

‘बाबुराम ज्यूसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको छ । विप्लवजीहरुसँग पनि एकताका लागि छलफल चलिरहेको छ । नेपालका कम्युनिष्टहरु बीच एकताको खाँचो छ,’ शाक्यले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरुले पनि कम्युनिष्टहरु बीच एकता गर्नुपर्ने जोड गरिरहेका छन र हुन सक्छ ।’

पार्टीले चलाइरहेको तीन महिने विशेष रुपान्तरण अभियानका लागि लुम्बिनी प्रदेशका जिल्लाहरुमा खटिँदै आएका शाक्यले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अर्बौं ऋणमा डुबेको नेपाल आयल निगमलाई ऋणमुक्त बनाएको, विद्युत व्यापार बढाएको र देशको आर्थिक अवस्था सन्तोषजनक अवस्थामा पुर्याएको दाबी गर्दै प्रचण्डको विकल्प नभएको बताए ।

IME
khanepani