गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको व्यवस्था गर्न ट्राभल्स एन्ड टुर एजेन्टहरुको माग

4.5K
shares
khanepani bord

रूपन्देही । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न गराउन माग गर्दै नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल वायु सेवा निगममा ज्ञापनपत्र बुझाएको छ ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीको नेतृत्वमा काठमाडौं गएको टोलीले निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै नायब महाप्रबन्धक कालाखेतीले यसमा निगम सकारात्मक रहेको र सरकारले सहजीकरण गरेमा सञ्चालनमा लाग्ने जानकारी दिएको प्रतिनिधिमण्डलका एक सदस्यले बताए ।

कालाखेतीले निगमसँग चार वटामात्रै जहाज भएकाले केही समस्या भएको तर व्यवसायीले चासो राखेमा उडान पहल गर्ने बताएका थिए ।

४३ अर्बभन्दा बढी लगानी गरेको भैरहवा विमानस्थलमा निगमले भैरहवा-काठमाडौं र भैरहवा-दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने प्रतिनिधिमण्डलले बताए ।

भैरहवाबाट बुद्ध, यती, श्री एअरलायन्सका गरी १५ वटा जहाजले उडान भरिरहेको बेला नेपाल वायुसेवा निगमका जहाज पनि सञ्चालन भए जहाज सीट फुल बनाउन सहयोग गर्ने पूर्वअध्यक्ष सञ्जीव जोशीले आश्वासन दिए ।

प्रतिनिधिमण्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पाण्डे, महासचिव अञ्जन श्रेष्ठ, नवलपरासी च्याप्टर अध्यक्ष भोला पराजुली, नाट्टा कार्यसमिति सदस्य वरुण ज्ञवाली र सल्लाहकार नरेश केसी सहभागी छन् ।

प्रतिनिधिमण्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री, क्यानका महाप्रवन्धक, विभिन्न एअरलायन्सका प्रमुखसँग भेटेर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।

IME
khanepani