काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

अपाङ्गता भएका व्यक्तिहरुलाई ललितपुर महानगरले गरायाे पाटन दरबारको अवलोकन

5.6K
shares
khanepani bord

काठमाडौं । ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको छ ।

आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो ।

त्यसअघि र्‍यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।

विसं २०७८ को जनगणनाअनुसार ललितपुर महानगरपालिकामा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरले जनाएको छ ।

IME
khanepani