काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी...

पुरा पढ्नुहाेस्

नागरिकले अहिलेको गठबन्धनसँग वाक्कदिक्क भइसकेको बताएः ओली

5.75K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताए ।

आईतवार महाकाली—मेची अभियानअन्तर्गत दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गरेका छन । उनले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे । उनले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रबिरोधी रहेको बताए ।

उनले भने, ‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रबिरोधी हो, त्यो जनतालाई गरिव राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हीतमा बोलिरहेको छैन, सोचिरहेको छैन । नेपाल र नेपालीको हित विपरित सोचिरहेको छ । एमाले हटाएको अढाई वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महंगी बढ्यो । युवाहरु विदेशिनुपर्ने, रोजगारी नपाउने अवस्था बन्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो । रोजगारी बढेको थियो । युवाहरु बाहिर जाने क्रम घटेको थियो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनिमात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ । जनता अहिलेको गठबन्धन सरसकारबाट वाक्क व्यक्क र दिक्क भइसकेको यी ४ दिनमा देखको छु ।’

अध्यक्ष ओलीले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताए।

IME
khanepani