गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

अहिले नै मन्त्रीमण्डल पुनःगठनको सम्भावना छैनः प्रधानमन्त्री (भिडियो सहित)

4.85K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनःगठनको सम्भावना नरहेको बताए ।

आईतवार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन। उनले मन्त्रीमण्डल पुनःगठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारे । उनले मन्त्रीमण्डल पुनःगठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको बताए ।

उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनःगठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्नेकुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री दाहालले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरे । उनले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरु छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताए ।

उनले भने, ‘यदी मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’
प्रधानमन्त्री दाहालले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्वपूर्ण प्रश्ताव र कुरा राखेको बताए ।

IME
khanepani