काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन

4.3K
shares
khanepani bord

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका-५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।

उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१-०१-००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए ।

ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ ।

IME
khanepani