काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

एनसेलको शेयर बिक्रीमा लेखा समितिको चासो, खोज्यो यी ९ सवालको जवाफ

3.58K
shares
khanepani bord

काठमाडौं । एनसेलको शेयर खरिद प्रक्रियालाई लिएर सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले उक्त कम्पनीको शेयर बिक्रीका सन्दर्भमा ९ जिज्ञासाको जवाफ खोजेको छ ।

आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको शेयर खरिद बिक्रीका सन्दर्भमा केही सवालको जानकारी खोजेको हो ।

सार्वजनिक लेखा समितिको प्रारम्भिक जिज्ञासामा आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण शेयर) बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई शुक्रबार बिक्री गरेको खरिद बिक्री सम्झौता तथा प्रेस विज्ञप्तिको आधिकारिकता के हो भनी जवाफ मागेको छ । त्यस्तै एनसेलको विदेशी होल्डिङ्ग कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद बिक्री वा हक हस्तान्तरण गर्दा दुरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति लिएको छ/छैन, निकै कम मूल्यमा होल्डिङ्ग कम्पनीबीच शेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ ? भनेर पनि जवाफ मागेको छ ।

एनसेलको शेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको, नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिई भएको चर्चालाई पनि नियमनकारी निकायसँग जानकारी मागिएको छ ।

यस्तो छ लेखा समितिका ९ जिज्ञासा

IME
khanepani