काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता...

पुरा पढ्नुहाेस्

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १५ हजार नाघ्यो

3.8K
shares
khanepani bord

गाजा । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार ५२३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता असरफ अल-किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए ।

उनका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौं घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ ।

उनले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताए ।

घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजराइल-हमास युद्ध सुरु भएपछि ४०३ जनालाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गरे ।

चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्न सुरक्षित मानवीय मार्गको माग दोहोर्‍याउँदै उनले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गरे ।

IME
khanepani