काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो बुद्ध एयरको जहाज, हेलिकप्टरमा गए प्रधानमन्त्री

4.94K
shares
khanepani bord

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ।

उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए।

मंगलबार बिहान ८:३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन।

जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्। प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी ।

IME
khanepani